Logo

अभिनेत्रीलाई तीन वर्षको जेल सजाय, गायकमाथि लगाएकी थिइन् यस्तो आरोप



Spread the love

२ चैत, काठमाडाैँ । पाकिस्तानी गायक अलि जाफरमाथि याैन उत्पीडनको आरोप लगाउने अभिनेत्रीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । याैन उत्पीडनको गलत आरोप लगाएको अभियोगमा अभिनेत्री मिशा साफिलाई तीन वर्षको जेल सजाय सुनाइएको हो ।

मिशालाई तीन वर्षको जेल सजाय सुनाएपछि मिशाले जाफरमाथि लगाएका सबै आरोप अदालतले खारेज गरिदिएको छ ।

मिशालाई जेल सजाय सुनाएसँगै गायक जाफरले आफुलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । उनले मिशाले लगाएको गलत आरोपले प्रतिष्ठामा ठूलो आँच पुगेको समेत बताएका छन् ।

तीन वर्षको जेल सजाय पाएकी अभिनेत्री मिशाले पाकिस्तानको कानुनी प्रणालीको बारेमा प्रश्न उठाएकी छिन् ।

गायक जाफरको करियरमा मिशाको आरोपले ठूलो धक्का लागेको छ भने उनको प्रतिष्ठा पनि गुमेको छ ।

मिशाले ‘#मि टु’ अभियानका क्रममा जाफरले आँफुमाथि याैन हिंसा गरेको आरोप लगाएकी थिइन् । मिशाले गायक जाफरले गीत रेकर्डिङका क्रममा स्टुडियोमा असहज व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

जाफरले सुरूवाति दिन देखि नै मिशाले लगाएको आरोपमा कुनै सत्यता नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्