Logo

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख मोहिनीको मृत्यु



Spread the love

२७ फागुन, एजेन्सी । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ ।

मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उनको उपचार भइरहेको थियो ।

ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आएकी थिइन् ।

उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् ।

उनको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्