Logo

हत्या आरोपमा ओलीका ‘विश्वासपात्र’ बाँस्कोटा पक्राउ



Spread the love

२६ फागुन, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना विश्वासपात्र युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

नेकपा विभाजन हुँदा ओली पक्षबाट बास्कोटा केन्द्रीय सदस्य मनोनित भएका थिए । उनी लामो समययता भारत प्रवासमा बसेर ओलीको पक्षमा काम गर्दै आएका थिए ।

१४ पुसमा भण्डारी पथरी शनिश्चरे–२ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

-रिपोर्टर्सनेपाल

प्रतिक्रिया दिनुहोस्