Logo

केपी ओली र माधव समूहबीच झडप



Spread the love

२६ फागुन, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

बुधवार बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड, ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो । ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको थियो भने अध्यक्षमा कर्णबहादुर थापाको नेमप्लेट राखिएको थियो ।

नाराबाजीकै बीच दुवै पक्षका कार्यकर्ता कुटाकुटमै उत्रिएका थिए । दुवै समूहका कार्यकर्ताबीच कुटाकुट भएपछि स्थिति थप बिग्रिन नदिन प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्