Logo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु



Spread the love

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समिकरण र पार्टी पुनर्गठनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि उक्त दल खारेज भएकोले साविकको दुवै पार्टी ब्युँतिएको छ।

प्रतिक्रिया दिनुहोस्