Logo

योगी आदित्यनाथले दिए नेपालबारे विवादास्पद अभिव्यक्ति



Spread the love

२५ फागुन, काठमाडाैँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा विवादास्पद अभिव्यक्ति दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार उनले नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले सो कार्यक्रममा भनेका छन्, ‘समाजमा जहिले पनि आफ्ना माथि भेदभाव गरिन्छ, त्यसको एउटा विकृत रुप देखा पर्छ, जो नेपालमा माओवादका रुपमा देखा परेको थियो ।’

यसभन्दा अघि उनले नेपाल-भारतको सीमा विवादबारे अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्