Logo

माछा मार्ने जाली तान्दा एकै परिवारका २ जनाको शव भेटियो



Spread the love

२४ फागुन, कर्णाली । कर्णाली नदीका एकै परिवारका २ जनाको शव भेटिएको छ । त्यस्तै, सोही परिवारका अन्य तीन जना अझै बेपत्ता छन् ।

उनीहरूको शव पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै भेटिएको बताइएको छ । माछा मार्ने जाली तान्ने क्रममा उनीहरूको शव भेटिएको प्रहरीले उल्लेख गरेको छ ।

मृत फेला पर्नेमा दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवाल रहेका छन् ।

त्यस्तै, एक छोरी, एक छोरा र श्रीमती अझै बेपत्ता रहेका छन् ।

स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्