Logo

प्रदेश प्रमुख अहिराजले सडक दुर्घटनामा घाइते भएकालाई आफ्नै गाडीमा अस्पताल पुर्याए



Spread the love

२२ फागुन, सुर्खेत । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश अहिराजले सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको उद्धार गरेका छन् ।

अहिराजले शनिबार सुर्खेतको छिन्चुमा दुर्घटनामा परी घाइते व्यक्तिलाई कोहलपुर अस्पतालसम्म पुर्याएका थिए । उनले ती घाइते व्यक्तिलाई आफु सवार गाडीमा नै बसाएर अस्पतालसम्म लगेका थिए ।

अहिराजले प्रदेश प्रमुख भइकन घाइतेको उद्धार गरेको यो दोश्रो पटक हो । यसभन्दा अघि उनले राैतहटमा दुर्घटनामा परेका व्यक्तिको उद्धार गरी अस्पतालसम्म पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्