Logo

गर्भवती महिलाको पेट चिरेर विधुवा महिलालाई बच्चा दिने व्यक्ति पक्राउ



Spread the love

२२ फागुन, एजेन्सी । गर्भवती महिलाको पेट काटेर त्यहाँ भित्रको बच्चा निकाली विधुवा महिलालाई दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

कोलम्बियामा २१ वर्षीय युवकले नजन्मिएको बच्चाका लागि २८ वर्षीया गर्भवति महिलाको हत्या गरेका हुन् । आरोपितले ४९ वर्षीया मस्केरा नामक विधवा महिलालाई सहयोग गर्न २८ वर्षकी युलेक्सिस भ्यालेकिसोमको हत्या गरेर उनको ३५ हप्ताको बच्चा चोरी गरेका हुन् ।

ती ४९ वर्षीया महिलाले उनका पतीको केही महिनाअघि मृत्यु भएपछि आफू गर्भवती भएको नाटक गरिरहेकी थिइन् । आफन्तको सहयोग पाउनका लागि ती विधवाले आफु गर्भवती भएको नाटक गरिरहेको बताइएको छ ।

कोलम्बियाको राष्ट्रिय समाचार पत्रका अनुसार ती ४९ वर्षीया विधवा, मस्केरा, आफुले बच्चा जन्माएको भन्दै अस्पताल पुगेकी थिइन् । तर, अस्पतालका कर्मचारीहरूलाई शंका लागेपछि उनीहरूले प्रहरीलाई खबर गरेपछि यो घटना बाहिरिएको हो ।

३५ हप्ताकी गर्भवति महिलाको हत्या गर्ने युवकमाथि प्रहरीले मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्