Logo

छोरीको हत्या गरी छिनाएको टाउको लिएर बुबा प्रहरी चाैकीमा उपस्थित



Spread the love

२२ फागुन, एजेन्सी । भारतमा एक जनाले आफ्नै छोरीको विभत्स हत्या गरेका छन् । भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक जनाले आफ्नी १८ वर्षकी छोरीको टाउको र जीउ छिनाएका छन् ।

उनी आफ्नी छोरीको टाउको लिएर प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनले छोरीको टाउको प्रहरी कार्यालयमा लगेर बुझाउँदा बदला पुरा गरेको भान उनको अनुहारमा झल्किएको प्रहरीले उल्लेख गरेको छ ।

ती व्यक्तिले छोरीलाई एक युवकसँग आपत्तिजनक अवस्थामा देखेपछि हत्या गरेको बताइएको छ । हत्या हुनभन्दा २ दिनअघि ती युवति गाउँकै एक जना केटासँग आपत्तिजनक अवस्थामा हुँदा उनका बुबाले देखेका थिए ।

आफ्नी छोरीको विभत्स हत्या गर्ने उनको नाम सर्वेश भएको बताइएको छ । उनले २ दिन अघिदेखि नै छोरीको हत्या गर्ने योजना बनाएको प्रहरी समक्ष बताएका छन् ।

हत्या भएको दिन उनकी पत्नी बाहिर गएकी थिइन् । सोही समयमा उनले छोरीको टाउको र जीउँ अलग गरिदिए ।

उनले छोरीलाई केटासँग आपत्तिजनक अवस्थामा देखेको भनेर बताएनन् । उनी छोरीको हत्या गर्नेमा नै केन्द्रित भए ।

अहिले उनलाई प्रहरीले हिरासतमा लिएको छ भने घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्