Logo

याैन काण्डमा मुछिएपछि भारतका एक मन्त्रीले दिए राजिनामा



Spread the love

२० फागुन, एजेन्सी । याैन काण्डमा मुछिएपछि भारतमा एक जना मन्त्रीले राजिनामा दिएका छन् । याैन काण्डमा नाम जोडिएसँगै भारतको कर्नाटक राज्यका मन्त्री जर्किहोलीले पदबाट राजिनामा दिएका हुन् ।

उनीविरूद्ध यस विषयमा मुद्दा दायर भएपछि रमेशले पदबाट राजिनामा दिएको बताइएको छ ।

रमेशले कर्नाटकमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

जर्किहोलीले यस घटनाको निष्पक्ष छानबिन गर्न सहयोग पुर्याउँन नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन् ।

भारतीय प्रहरीले यस घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्