Logo

सोनु सुदले एक नेपालीको उपचार खर्च व्यहोर्ने



Spread the love

१९ फागुन, काठमाडाैँ । भारतीय स्टार अभिनेता सोनु सूदले एक जना नेपालीको उपचार खर्च व्यहोर्ने भएका छन् । उनले ट्वीटरमार्फत एक जना नेपालीका लागि उपचार खर्च सहयोग गर्ने जानकारी दिएका हुन् ।

नेपालका मधु पाैडेल नामक एक जनाले आफ्नो रोगबारे जानकरी गराउँदै सोनु सूदलाई ट्वीटरमा मेन्सन गरेका थिए । उनले मेन्सन गरेको उक्त ट्वीट रि- ट्वीट गर्दै सोनु सूदले उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सूदले ट्वीटरमा लेखेका छन्, ‘अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’

कोरोना भाइरसको महामारीसँगै पीडा परेका विपन्नहरूको सहयोगमा सोनु सूद लगातार खटिइरहेका छन् । उनले कराेडाैँ रूपैयाँ ऋण लिएर पनि गरिबहरूको सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्