Logo

गाडी चलाउँदा चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने



Spread the love

१९ फागुन, रामेछाप । रामेछापमा सार्वजनिक गाडी चलाउँदा चालकले चप्पल लगाउन नपाउने भएका छन् । अबदेखि त्यहाँ गाडी चलाउँदा जुत्ता नलगाए प्रहरीले कारबाही गर्ने भएको छ ।

ट्राफिक प्रहरीले जुत्ता लगाउँदा भन्दा चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेसँगै यो नियम लागु भएको हो ।

प्रहरीका अनुसार चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न यो अभियान सुरू गरिएको हो ।

रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।

ट्राफिक प्रहरीले पाँच दिनसम्म गाडी चलाउँदा जुत्ता लगाउन अनुरोध गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्