Logo

जेलमा भएका भाइलाई जुत्तामा लुकाएर चरेश लगिदिने दाइ पक्राउ



Spread the love

१८ फागुन, पर्सा । कारागारमा कैदीबन्दीलाई भेट्न गएका एक जना व्यक्ति चरेशसहित पक्राउ परेका छन् । पर्साको वीरगञ्जमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

थुनामा रहेका भाइलाई भेट्न पुगेका बेला २२ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

उनका २० वर्षीय भाइ लाक्पा शेर्पा जेलमा छन् । उनलाई भेट्न जाँदा मिङ्माले जुत्तामा चरेश लुकाएर लगेको प्रहरीले उल्लेख गरेको छ ।

उनको साथबाट प्रहरीले १० ग्राम चरेश बरामद गरेको छ । उनका भाइ लाक्पा शेर्पालाई जिल्ला अदालत पर्साले लागुऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

पक्राउ परेका मिङ्मामाथि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्