Logo

विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा दुई सदस्यीय वार्ताटोली घोषणा



Spread the love

१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो। प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता-कार्यकर्ता पक्राउ परेका छन्। कतिपय नेता अहिले जेलमा छन्।

पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्