Logo

छालामा खत बसेर हैरान त् हुनुहुन्न, यस्ता छन् घरेलु उपाय



Spread the love

काठमाडौं । छाला, हाम्रो शरीरको सबैभन्दा ठूलो र संवेदनशील अङ्ग हो, यसको स्याहार र ख्याल गर्नु भनेको हाम्रो आफ्नै स्वास्थ्यलाई ख्याल गर्नु हो। जब हाम्रो छालामा कुनै धारीलो हतियारले काटेर घाउ हुन्छ ।

कुनै चोटपटक वा जलेको घाउ निको भएपछि । एक किसिमको दाग वा खत छालामा बस्दछ । घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत कसरी हटाउन सकिन्छ त्यसबारे चर्चा गरौं ।

जलेको घाउ निको भएपछि, घाउ परसिएपछि वा शल्यक्रिया गरिएपछि एक किसिमको चिन्ह, दाग वा खत छालामा रहिरहन्छ । साधारण तवरबाट घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत जहाँ चोट लागेर क्षति पुगेको छ, त्यहीँ देखिन्छ ।

कसरी रोकथाम कसरी गर्ने

  • घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने ।
  • बास्ना नआउने साबुनले छालालाई राम्ररी सफा गर्ने
  • घाउ पुरिन थालेपछि दैनिक ३/४ पटक नरिवल तेल लगाएर मालिस गर्ने/फैलाउने ।
  • छालालाई पूर्ण रुपमा सुख्खा राख्ने
  • छालालाई पूर्ण रुपमा सुख्खा राख्ने त्यहाँ ओसिलो हुन नदिने ।
  • निको भएको घाउमा बास्ना नआउने साबुनले राम्ररी सफा गर्ने ।
  • घामबाट बच्न सुरक्षात्मक कपडा र टोपी लगाउने
  • घाउको खत वा दागलाई ओसिलो चिसो, नरम राख्ने
  • निको हुदै गएपछि घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने ।
  • यदि आँखा वरपर खत भए क्रिम या तेल निरन्तर लगाउने तर आखामा पर्न नदिने ।

प्रतिक्रिया दिनुहोस्