Logo

प्रहरीको गोली लागेर एकैदिन १८ जनाको मृत्यु



Spread the love

१७ फागुन, एजेन्सी । म्यानमारमा सैन्य ‘कु’विरूद्ध भइरहेको प्रदर्शन हिंसामा परिणत भएको छ । विगत एक महिनादेखि चलिरहेको प्रदर्शन आइतबार सबैभन्दा हिंसात्मक भयो ।

आइतबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ । मानव अधिकारकर्मीले आइतबार म्यानमारमा १८ जनाको मृत्यु भएको बताएका छन् ।

प्रहरीले यानगोनको ठूलो शहरमा ग्रिनेड, अश्रुग्यास तथा हवाइ फायर गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि सेनाको सहारा लिइएको बताइएको छ ।

उक्त घटनामा दर्जनाैँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिकारकर्मीहरूले शान्ति प्रदर्शन भड्काउने प्रयास गरेको बताएका छन् ।

म्यानमारमा करीब ५० वर्षपछि फर्किएको गणतन्त्रमाथि सैन्य प्रहार हुँदा हजाराैँ मानिसहरूले दैनिक रूपमा पेदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्