Logo

माल्दिभ्समा प्रियंका र आयुष्मानको रोमान्स



Spread the love

१६ फागुन, काठमाडाैँ । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्स पुगेका छन् । उनीहरू प्रियंकाको जन्मदिन र आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाउन त्यहाँ पुगेका हुन् ।

३४ वर्ष लागेकी प्रियंकालाई उनका शुभचिन्तकदेखि सेलिब्रेटीहरूले समेत जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

प्रियंका र आयुष्मान गतवर्ष फागुनमा वैवाहिक जीवनमा बाँधिएका थिए । उनीहरूको हनिमुनमा कोरोना महामारी भिलेन बनेको थियो । अहिले कोरोनाको भ्याक्सिन प्रयोग हुनथालेपछि उनीहरू माल्दिभ्स पुगेका हुन् ।

उनीहरूले माल्दिभ्सको ‘मर्क्युर माल्दिभ्स कोड्डो रिसोर्ट’मा खिचाएका केही फोटा इन्स्टाग्राममा पोस्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्