Logo

घरमा बसीबसी विप्लवसँग वार्ता भएको देख्नुहुनेछ : प्रधानमन्त्री ओली



Spread the love

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे ।

“तपाईंहरुलाई खुशीको खवर छ । शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ ।” उनले भने ।

उनले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।
उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्