Logo

अमिताभ बच्चनको स्वास्थ्यमा समस्या, सर्जरीको तयारी



Spread the love

मुम्बई– बलिउडका चर्चित अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

शनिवार राति बच्चनले ब्लग मार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र सर्जरीको तयारी भइरहेको जानकारी दिएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले यसभन्दा बढी जानकारी दिएका छैनन्। अमिताभ बच्चनको ब्लग देखेर उनका प्रशंसक दुःखी भएका छन्। उनी सानोभन्दा सानो कुरा पनि सामाजिक सञ्जालमार्फत जानकारी गराउने मान्छे हुन्। 

यो वर्ष अमिताभका दुई फिल्म ‘झुण्ड’ र ‘चेहरे’ रिलिज हुँदैछ । उनको अर्को फिल्म ‘ब्रह्मास्त्र’को रिलिज डेट सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि पनि अमिताभ बच्चनले ट्विटरमा लेखेका थिए, ‘केही आवश्यकभन्दा बढेका छन्। केही काटेर सुधारिनेवाला छन्। यो कुरा जीवनको भोलि हो, भोलि नै थाहा हुनेछ, कस्तो रहन्छ ऊ !’

प्रतिक्रिया दिनुहोस्