Logo

अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालतमा उपस्थित



Spread the love

१६ फागुन, काठमाडौं ।  सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिएका छन् ।

लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् ।

गत माघमा विराटनगरको एक जनसभामा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले  अवहेलना मुद्दा सर्वाेच्चमा दर्ता गराउनुभएकाे हाे ।

उक्त रिटमाथी गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रचण्डमाथि अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्