Logo

‘कबड्डी ४’ निर्माण हुने



Spread the love

१४ फागुन, काठमाडाैँ । सफल फिल्म ‘कबड्डी’को चाैथो सिक्वेल बन्ने भएको छ । दर्शकमाझ लोकप्रीय बनेको यस फिल्मको चाैथो सिक्वेल ‘कबड्डी ४’ निर्माण हुने भएको हो ।

यो फिल्म २०७८ मा रिलिज हुने समेत तय भएको छ । यद्यपी पूरा मिति भने तय गर्न बाँकी नै रहेको छ । 

रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गर्न लागेको हो । 

यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ राइ तथा बुद्धि तामाङ लगायतले लिड रोल पाएका थिए । नेपाली दर्शकमाझ कबड्डी, कबड्डी कबड्डी र कबड्डी कबड्डी कबड्डी लोकप्रीय  फिल्म हुन् । 

रामबाबु गुरुङ निर्देशित कबड्डीको तेस्रो सिक्वेलमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले मुख्य भुमिका निभाएका थिए । 

२०७६ सालमा उक्त फिल्मले नेपाली फिल्ममध्ये सबैभन्दा धेरै व्यापार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्