Logo

ललितपुरमा नेपालमै पहिलो पटक ईन्जिनियरिङ सर्भे क्याम्प



Spread the love

सल्लेरी खबर ।
विकास अर्याल काठमाडौं १९, ०७४ ।

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ इन्जिनियरलाई सर्भे क्याम्प पनि हुन्छ र भनेर तर नेपालमै पहिलो पटक ललितपुर २२ मा मार्स नेपाल इन्जिनियरिङ सर्भे कयाम्प खुलेको छ । काठमाडौंमा सामन्यतया सिभिल इन्जिनियरहरुलाई सर्भे क्याम्प क्रीतिपुरको त्रिभुवन विश्वबिद्यालयमा गराइने गरिन्थ्यो । त्यसो हुदा विद्यार्थीहरुले होटेलमा बस्ने झन्झटिलो सहनुपर्दथ्यो । यसो हुदा विद्यार्थीहरुले थुप्रै समस्याहरु खेप्नु पर्ने बाध्यता थियो तर अब यो समस्या निक्र्योल पार्न मार्स नेपाल इन्जिनियरिङ सर्भे क्याम्पले समस्याको समाधान गर्ने भएको छ । करिब १५ महिना अगाडी ५ जना युवाहरुको लगानिमा खोलिएको उक्त सर्भे कयाम्प अहिले राम्रो आम्दानी गर्न सफल बनेको छ ।

नख्खु दोबाटो हुँदै भैसिपाटी भएर बुङ्ममति बसपार्क बाट करिब १.५ किलोमिटर अगाडि अवस्थित मार्स नेपाल इन्जिनियरिङ सर्भे कयाम्प (Mars Nepal Engineering Survey Camp ) १५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यसो हेर्दा छुट्टै गाउँ जस्तै लाग्ने यो सर्भे कयाम्पमा २० वटा घर रहेका छन भने एउटा ठूलो हलका साथै एउटा क्यान्टिन रहेको छ । करिब १२ जनाले यहाँ रोजगार पाइरहेका छन ।

औषधि फ्याकट्रीको नजिकै रहेको मार्स नेपालमा धेरै सिभिल इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरु बढी आउने गर्दछन । विभिन्न इन्जिनियरिङ कलेजहरुबाट १० दिने ७ दिने क्याम्प गर्नाका निम्ति विद्यार्थीहरुलाई कलेझरुले यहाँ लिने गरेको मार्स नेपालका लगानीकर्ता शशी श्रेष्ठले सल्लेरी खबरलाई जनाकारी दिनुभयो । ५ जना लगानिकर्ताहरुमा शशी श्रेष्ठ, मिलन थापा, अर्जुन बोहोरा, राजेन्द्र शर्मा र दिपेन्द्र के.सि हुनुहुन्छ ।

करिब ४ करोड लगानिमा सुरु गरिएको यस सर्भे क्याम्पमा सर्भे क्याम्पको अलावा कृषि सम्बन्धि गाइपालन, कुखुरा पालन, हास पालन, माछा पालन, मल, तरकारी उत्पादन पनि गर्ने सोच रहेको शशि श्रेष्ठले जानकारी दिनुभयो । उहाले पछि मार्स नेपाललाई पारिवारिक वातावरणमा ३,४ दिन परिवार सहित मनोरन्जन लिनका लागि आउने व्यबस्था पनि गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्