Logo

डोनाल्ड ट्रम्पले डिभी बन्दसँगै गरे यस्ता चार निर्णय



Spread the love

काठमाडौं – सल्लेरी खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभरसिटी भिसा डिभी बन्द गर्ने घोषण गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनलाई मंगलबार राती संवोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले बिश्वका बिभिन्न देशका नागरिकलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्दै आप्रबासीप्रति कडा नीति लिने घोषणा गरेका हुन् ।

ट्रम्पको संवोधन कंगे्रेसका डेमोक्रेटिक सांसदहरुले बहिष्कार गरेका थिए । आप्रबासी प्रणालीमा व्यापक नीतिगत परिवर्तन ल्याउने आफ्नो पूर्ववत घोषणा अनुसार नै त्यसको सुधारका लागि उनकै भाषामा चार आधारस्तम्भको घोषणा गरेका हुन् । त्यसमा पहिलो, १८ लाख गैरकानुनी आप्रबासीलाई नागरिकता दिने खालको शर्तसहितको संरचना । सानो हुँदा नै बाबुआमासँग अमेरिका पुगेका ‘युवा ड्रिमर’ लाई नागरिकता दिने उनले बताएका हुन । तर त्यसमा त्यसमध्ये अमेरिकी सरकारले तोकेको योग्यता र काम गर्ने क्षमता पुगेको र उच्च नैतिक चरित्र भएकोलाई नागरिकता दिइने उनको घोषणामा उल्लेख छ ।

दोश्रो, सिमालाई पूर्ण सुरक्षित गर्ने । त्यसमा दक्षिणमा पर्खाल बनाउने उनले दोहोर्याएका छन् । आंतककारी र अपराधीहरुलाई अमेरिकाभित्र छिर्न नदिने र पक्राउ गर्दै रिहा गर्ने खतरनाक अभ्यास समाप्त गर्ने उनको घोषणा छ । तेश्रोमा, भिसा लट्री बन्द गर्ने । ट्रम्पले कुनै क्षमता, योग्यता र अमेरिकी नागरिकको सुरक्षाबिना ‘ग्रिन कार्ड’ दिने कुरा रोक्ने बताएका हुन् ।

‘अव हामी ‘मेरिट’ मा आधारित आप्रवासी प्रणालीमा जानुपर्छ । जो दक्ष छन, काम गर्न चाहान्छन, जो समाजलाई योगदान दिन सक्छन र जसले अमेरिकालाई मायाँ गर्छन र सम्मान गर्छन, उनीहरुलाई अमेरिका ल्याउनुपर्छ’ उनले भनेका छन् ।

चौथोमा, ‘चेन माइग्रेसन’ समाप्त पार्ने । एकजना आप्रवासीले आफ्ना टाढा टाढासम्म नाता पर्ने असिमिति मानिसलाई अमेरिका ल्याउने भएकाले अव त्यसलाई रोक्नुपर्ने उनले बताएका छन् । ‘अव नजिककका नातागोताबाहेक ल्याउन नपाउने व्यवस्था गर्नुपर्छ । यसले अमेरिकी सुरक्षा र अर्थतन्त्रलाई सवल बनाउँछ’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्