Logo

एक महिना लामो ‘श्री स्वस्थानी’ व्रत कथा आजबाट समापन(फोटो फिचर)



Spread the love

पौष शुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चलेको स्वस्थानी ब्रत कथाको आज (बुधबार) विधिवत रूपमा समापन भएको छ ।यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन आज खग्रास चन्द्र ग्रहण लाग्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत सकाइएको हो ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत सकाउन नेपाल पञ्चांग निर्णायक समितिले जनाएको थियो ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि सकिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

“सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरु वैकुण्ठ जाला
फेरि अर्को वर्ष शुरु शुरु आईजाला”
श्री स्वस्थानी परमेश्वरीको जय!

हेर्नुहोस् फोटोहरु:

 

 

प्रतिक्रिया दिनुहोस्