Logo

अलार्म



Spread the love

पहिलो अलार्म…

               हजारै निदहरु बिथोल्ने र लाखैको सपनाहरु टुटाउने, अलार्म । मिठो सपनिको पहरेदार, अर्लाम । सपनाको सारमा रमाई रहेको म ।  एक्कासी मोबाईलको अलार्म बज्यो । मस्त निद्रामा निदाई रहेको शरिर र सपनाको संसार चाहारी रहेको मन एकैचोटी झस्कियो । अमार्लको बोर लाग्दो आवाजसंगै सुरु भयो फेरी ब्यस्त दिनचर्या । आँखा मिच्दै बजी रहेकको मोबाईललाई आफु उठी सकेको संकेत गरेँ । त्यति मात्र नभएर टेवलमा अलार्म बजेर घडी उफ्रि रहेको थियो । घडीलाई पनि शान्त पारेँ । उनीहरु चुप लागे । साढे पाँच बजि सकेको थियो । तातो सिरकले समाई रह्यो तर जर्बजस्ती छुटाएँ आफु देखी । फ्रेस भएँ, करिब पन्ध्र मिनेट बित्यो । तातो केही पिउन मन लाग्यो । अर्को पन्ध्र मिनेट बित्यो । छ बजे कलेज पुग्नुपर्ने, आधा घण्टाको बाटो । फटाफट तयार भएँ । र निस्कीएँ कलेजको लागि । निस्कीनु अघि अर्को अलार्म सेट गरेँ अफिस जानु पर्ने टाईम । हिजो आज अलार्मले नै म्यानेज गरेको छ मलाई । मेरो पि.ए बनेको छ, अलार्म । मैले भनेकै टाईमा मलाई सम्झई दिन्छ । आफ्नो तिखो आवाजले मलाई घचघचाउछ । र मैले मान्नु पर्छ अलार्मले दिएको संकेतहरु ।

आज पनि क्लास पुरै भरीभराउ थियो । तर म बस्ने भन्दा अगाडिको सिट खालि नै थियो ।

 “स्नेहा आ’की छैन ?” स्नेहाको साथी जेनिलाई सोधेको थिएँ ।

“किन स्नेहा बिना तेरो पढाई हुदैन ?” एउटा धोद्रो आवाज सुनेँ । हाब्रे मेरो पछाडिबाट कराउदै थियो ।

“तँ आफ्नो दुनो सोझ्या भाई, धेरै चासो न दिई ।” डेढो आँखाले हेर्दिएँ । ऊ सचेत भयो । आफु कलेज आउने बहाना नै स्नेहा हो ऊ बिना क्लासमा कसरी बस्न सक्थेँ र ? पहिलो पिरिएड शुरु भयो । बोडमा कम ढोकामा नजर बढी थियो । पैतालिस मिनेटको क्लास एक बिहान बिताएसरी भयो । यसरी केहि नभनि क्लास बकं गर्ने केटी त होईन उनि । के भयो होला मनमनै सोची रहेँ । बल्लबल्ल दोस्रो घण्टीको बिचमा सवारी भयो माहारानीको ।

“मे आई कम ईन सर ?” एउटा सुईट् भ्वाईस गुन्जीयो । सरको अनुमतिसँगै ऊ आफ्नो सिटमा आएर बसी । मैले केहि भन्नु अघि नै उसले नै भनि, कानेखुशी स्वरमा “सरी अलार्मको दोष हो ।”

“नाच्न जान्दैन आँगन टेडो भनेको यही हो ।” थोरै अकड् म मा पनि थियो । बिचरा अलार्मको के दोष ? त्यो त उसलाई चलाउनेको हाथमा भर पर्छ । सायद उसले पनि बुझी होला । तर, न सुनेझै गरी । फिस्स हासेँ । दोस्रो घण्टी पनि सक्कियो । तेस्रो हुदै चौथो पनि । लगभग आजको क्लास सक्एिको थियो ।

“आज त टाईम होला नी तँसँग आभाष ?” जोडले धाप मार्यो हाब्रेले ।

“आईया !” ढाडनै रनक्क गर्यो । “तेरो बाजे ! बहुलाईस् कि के हो ? कस्तो जोडले हानेको ?”

“लाग्यो र ? सरी सरी !” र्फमालिटिज पुरा गर्दै थियो त्यो ।

“छोड् । भन् किन ? तर म भ्याउदिन ।”

“जा ढोङग्रे । तैले यस्तै भन्छस् भन्ने थाहा थियो । यस्ता पनि साथी रे ।” झनन्क रिसायो मेरो बेस्टफ्रेन्ड ।

“शनिबार पक्का तेरै लागि दिन्छु टाईम ।” त्यतिकैमा मेरो मोबाईलको दोस्रो अलार्म बज्यो । हाब्रेले कुरा बुझिसकेको थियो । ल ल बाई भन्दै ऊ निस्कीयो ।

दोस्रो अलार्म…

      पहिलो अलार्मले न्यानो सिरक छोडे झै । दोस्रो अलार्मले आत्मिय साथीहरु छोडेर दौडिएँ भोलीको भेटको बाचा गर्दै । आउदा लागेको जत्ति नै टाईममा रुम पुगेँ । ड्रेस खोलेर खाटको भित्तामा फ्याकेँ । कोट काटिमा झुन्डाएँ जतनका साथ । कोट अलि महंगो भएर । जुत्ता खोल्नु परेर ।  अफिसको ड्रेस पहिरिएँ र निस्किएँ हतारमै । अफिस पुगेर पहिला क्याटिन गएँ मेरो लागि खाना खान यक्ट्रा टाईम दिएको थियो अफिसले ।

आफ्नो टेवलको ल्यापटप खोलेँ । आज गर्नु पर्ने सबै कामको सेडियुल सररर आयो । जुन काम गर्दा पनि म टाईममा सेडियुल गर्ने मान्छे मलाई सबै कामहरु टाईम मै सिध्याएको मनपर्छ । मन भरी उत्साह थियो ।

“आज त तपाई दुई मिनेट ढिलो हुनु भो सर ।” घडि हेर्दै आफ्नै ल्यापटप अन गर्दै थिए प्रितम ब्रो । एक्कासी आएको आवाजले झस्किएँ ।

“ह्या बुढो तपाई पनि झन्डै सात्तो गएको । घडिको सुई त घुमाउनु भएन नी ?” चस्मा अलि तल सार्द एक छड्के नजर दिएँ । उमेरले पच्पन्न कटे पनि अधबैशे जस्तो देखिने प्रितम सरसँग म धेरै नि नजिकको थिएँ । उहाँसँग बोल्न मलाई धेरै सोच्नु पर्दैन थियो ।

“सुई घुमाएर मात्र के हुन्छ र सर टाईम राम्रो चल्नु प¥यो ।” लेब्रे तान्दै थिए बुढा ।

“मेरो घडिको त प्रफेट टाईम छ ब्रो ।” घडी खोलेर टेबलमा राखेँ ।

“घडिको होईन । नाडिको कुरा ग¥या ।” मौन नजर लगाएँ ।  उहाँ आफ्नो सेड्यूल हेर्नमा बिजी हुनुभो ।

म्यासन्जरको घण्टी बज्यो । हत्तनपत्त मोबाईल हेरेँ । स्नेहाको म्यासेज आएको रहेछ ।

“अफिस पुगि सकेको हो ?”

“उम्”

“बिजी हो ।” अर्को घण्टी बज्यो ।

“थोरै …।”

“आज मलाई भेट्न सक्छौ ?” तेस्रो घण्टी बज्यो ।

“बिहान भेटेको होईन ? ल ! म अहिले बि जी भए तिमीसँग पछि कुरा गर्छु ।” अफलाईन गएँ ।

        आज अफिसमा पनि कामको ढंगुर लागेको थियो । पन्ध्र दिन देखीको पेन्डीङ्गमा राखेको काम आज सबै सक्काउनु थियो । ताल परे आफै रातोपुल पुगेर भए नि काम सिध्याउनु पर्ने थियो । माईला दाईसँग कफि मगाउदै काम गर्दै गरेँ । सबको पेन्डीङ्ग बिलहरु चलानि गर्नु थियो । बिलहरुलाई टेलीमा भर्नु थियो । कफिको चुस्कीसँगै नजर घडिमा पनि जान्थ्यो । किन की टाईममै रुममा पनि त पुग्नुछ नत्र बेलुकाको छाक बार्नु पथ्यो ।

एउटा लामो सन्नाटा पछि…….

“सरको काम सक्एिन ? छुट्टी भयो त ?” प्रितम ब्रो ले ल्यापटप अफ् गरी सक्नुभएको रहेछ ।

“छ बजि सक्यो र ? घडि त हेर्दै थिए त कत्ति बेला छुटेछ समय ।” घडी टिपेर नाडीमा भिरेँ ।

“त्यहि त सर घडि होईन समय हेर्ने गर्नु पर्छ भनेको नि ।” आफनो फिलोसोफी झारी हाल्यो बुढाले ।

“दाई तपाई मेरो साथमा हुन्जेल न त घडिले छोड्ने वाला छ न त समयले ।” फिस्स हास्दै निस्कीयौ दुबै ।

चावहिलबाट चक्रपथ परिक्रमा गर्ने  बस चढैँ । दाई त सिनामंगलमै झर्नु भो मेरो गन्तव्य सातदोबाटो थियो । केहि बेरमा म रुम पुगेँ । सरहको सानो कुनाको एउटा गल्लिमा थियो मेरो कोठा । ढोका खोलेँ । ह्वास्स कोठा गनायो । बत्ति बालेँ । झ्यालहरु खेल्दीएँ । केही राहत भयो । कोठा भाताभुङ्ग भएको थियो । बिहानै छरिएको कपडाहरु बटुलेँ । बुक्कहरु मिलाएँ । अनि हिजोको जुठो भाडाहरु निकालेँ । र यम्.सि.टि. गर्ने थालेँ । यम्ः–मस्काउने ,सिः– चम्काउने, टि ः– टल्काउने । एउटा धोद्रो स्वरमा गित गाउदै..। (टन्टनाटन् टन्टन् तारा ….चल्ती हे क्या नौ से बाह्र….! )आफ्नै सानो दुनियाँमा रमाउन सक्दिै थिएँ । संघर्षलाई साथी बनाएर । भाडा माझेर कुकरमा खाना बसाल्दिएँ । म अरु तिरै बिजी भएँ ।

एक छिनमै कुकरले जिस्काउन थाल्यो । सिट्टी बजाएर । म तरकारी बनाउने धुनमा थिएँ । झस्कीएँ । आजकल धेरै नै झस्कीने भएको छु । अलार्मसँग चल्ने बानि भएकोले होला कुनै पनि एकोहोरो आवाजले समय हेर्ने बाध्य गराउँछ ।

तेस्रो अलार्म…

            मेरो तेस्रो अलार्मले मलाई हजुरको पढ्ने टाईम भयो सर भन्दै थियो । के गर्नु आफुले एकएक मिनेट जोडेर बनाएको सेड्युलको भरमा थिएँ, म । कि मलाई सफलताको शिखर पक्कै चुमाउने छ । त्यही भएर पनि उसको सबै आज्ञाको पालना गर्नु पथ्र्यो । आज्ञाकारी बनेर । साईलेन्ट गरेँ मोबाईललाई । अनि बसेँ अध्ययन गर्नलाई । अर्को अलार्म नबजुन्जेल सम्मको लागि । प्रत्येक बुकको नोट बनाउन बाँकी नै थियो । ईक्जामले शिर माथि तान्डब गरिरहेको थियो । जसरी हुन्छ गतिलै नम्बर ल्याएर पास हुनु थियो । नदेखिने भोलीको लागि धेरै आशा थियो । सपनाको महलमा अलार्मको रातो कार्पोट बिछाएको थिएँ । त्यसबाटै हिडेर सफलताको शिखर चुम्नेमा बिश्वस्त थिएँ म ।

          दुई घण्टा पछि फेरी बुरुकबुरुक उफ्रिन थाल्यो घडी चिच्याउदै, “सर सुत्नुस अब भोली बिहानै कलेज जानु पर्छ ।” हत्तार-त्तार कलेज ब्याग रेडि गरेँ । ओछ्यान मिलाएँ । र भोलि बिहानको लागि मोबाईलमा अलार्म सेट गरेँ एउटा झिनो आशासँगै । के गर्नु मान्छेको जात, गर्ने आश । जे कुरामा पनि आश लाग्ने । हुन त  भोली कसैले देखेका छैनन् । तर पनि भोलीको लागि आशमा हुन्छन् सबै जना । मेरो पनि भोली त आउला सेट गरेँ अलार्म । दिन भरीको थकानले होला सपनिको सुन्दर नगरीमा मलाई बिलिन हुन निमेषभर पनि समय लागेन !

 

प्रतिक्रिया दिनुहोस्