१० माघ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री द्वय बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डले भेटघाट गरेका छन् ।
शुक्रबार साझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुरा भट्टराईले भेटवार्ता गरेका हुन् । उनले प्रचण्डसँग भेटेलगत्तै एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने भनेर नेताहरुलाई प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड(माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं !’
आम जनताको वितृष्णा, भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकन उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्