Logo

आज कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

६ माघ, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।

मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्