३ माघ, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतको तीन दिने भ्रमण पूरा गरेर प्रदीप ज्ञवाली शनिबार स्वदेश फिर्ता भएका हुन् ।
बिहीबार भारत गएका ज्ञवालीले त्यहाँका समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल–भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा भ्रमण केन्द्रित रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्