२ माघ, गोरखा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले अब देशको प्रधानमन्त्री शेर बहादुर देउवा हुने दाबी गरेका छन् ।
उनले शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेतको सम्भावना नभएको भन्दै अब सत्ता कांग्रेसले पाउने बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरे। अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ। उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड-नेपालसमेत प्रधानमन्त्री पदका लागि लायक छैनन्। अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ ।’
नेता भट्टराईले प्रधानमन्त्रीद्वारा विघटित संसद पुनर्स्थापना हुने विश्वास समेत गरेका छन् । यसबारे सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्