Logo

तिमी गयौ भने (गजल)



Spread the love
  • विकास गिरी

 

रुने भन्दा हाँस्ने छन् तिमि गयौ भने
शून्य हुन्छ मेरो मन, तिमि गयौ भने ।

 

उजाड हुन्छ बगैँचा फुल झरेपछि,
त्यस्तै हुन्छ मेरो जीवन, तिमी गयौ भने

 

चिम बल्न पनि करेन्ट आउनुपर्छ
निभि जान्छ मेरो तन, तिमी गयौ भने ।

 

धागो जोड्नु पर्छ मैन जलाउनलाई,
कहाँ जोड्ला यो मन, तिमी गयौ भने ।

 

थाहा छ बगरमा माछी, तड्पिन्छ कति,
तड्पिन्छु त्योभन्दा झन् ,तिमी गयौ भने ।

 

प्रतिक्रिया दिनुहोस्