Logo

पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल प्रदेश इन्चार्जबाट हटाइए



Spread the love

२० पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई दिने निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर ज्ञवाली र पौडेललाई इन्चार्जको जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्