Logo

५० राउन्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमाछोरा पक्राउ



Spread the love

२० पुस, काठमाडाैँ । ५० राउन्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।

सोमबार १२ः ४५ बजेको फ्लाइटमा श्री एयरलायन्सबाट भद्रपुर जान लागे २ जनाको झोला चेक गर्दा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू आमाछोरा भएको बताइएको छ । यद्यपी प्रहरीले यसबारे थप अनुसन्धान सुरू गरेको बताइएको छ ।

पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्