Logo

डोनाल्ड ट्रम्पले चुनावमा भोट मिलाइदिन आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक



Spread the love

२० पुस, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो कल रेकर्ड बाहिरिएको छ । जर्जियामा सेक्रेटरी ब्राड राफेन्स्पर्जरलाई चुनावमा जीत्नका लागि केही भोट सहयोग गर्न भन्दै गरिएको फोनको टेप सार्वजनिक भएको हो ।

उक्त रेकर्डमा ब्राडलाई ट्रम्पले धेरै दबाब दिइरहेको स्पष्ट हुने बताइएको छ । फोनमा जर्जिया राज्यमा जित्नका लागि आफ्नो पक्षमा १३००० भोट मिलाइदिन ट्रम्पले आग्रह गरेका छन् ।

तर, ब्राडले ट्रम्पको आग्रह अस्वीकार गर्छन् । ब्राडको उक्त कुराले ट्रम्प बेखुसी भएको समेत पुष्टि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्