Logo

पत्नीको उपचारका लागि भारत जाँदै प्रचण्ड



Spread the love

१९ पुस, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमवार भारत जाने भएका छन् । आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् । आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड अमेरिका लगायतका अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्