Logo

किन हटाइँदैछ ‘अम्ब्रेला स्ट्रिट’बाट छाता ?



Spread the love

१९ पुस, काठमाडाैँ । सामाजिक सञ्जालमा भाइरल बनेको अम्ब्रेला स्ट्रिटबाट छाता हटाउन थालिएको छ । स्थानीय व्यापारीले ट्राफिक व्यस्थापन अस्तब्यस्त बनेको र भीडभाडले कोरोना जोखिम बढेको भन्दै छाता हटाउने निर्णय गरेका हुन् ।

उक्त ठाउँ भाइरल भएसँगै दैनिक ठूलो संख्यामा मानिसहरू फोटो खिच्न तथा टिकटक बनाउन कै लागि त्यहाँ पुगेका थिए । संकटा युवा क्लबका अनुसार अनावश्यक भिडभाड भएको र व्यापार नभएपछि छाताहरू हटाउने निर्णय गरेको हो ।

इन्टरनेटमा यो ठाउँ धेरै भाइरल बनेको थियो । फेसबुक लगायत टिकटकमा पनि यो सडकका थुप्रै सामग्रीहरू पोष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्