Logo

भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम कण्ठै छ : प्रधानमन्त्री ओली



Spread the love

१८ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको बताएका छन् । उनले भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको समेत बताएका छन् ।

शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रशंसा गरेका थिए । सोही क्रममा आफ्नो कामका कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको उल्लेख गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भने, ‘‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै छ ।

प्रतिक्रिया दिनुहोस्