Logo

हाँस्यकलाकार मनोज गजुरेलले डिभोर्सपछि पहिलो पटक मुख खोले



Spread the love

हास्यकलाकार मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् । आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै मनोजले दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याएको स्पष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘हामी दुवै गतल होइनौँ, फरक रहेछौँ ।’ अलग परिवेश र फरक जीवनशैलीको कारणले वैवाहिक जीवनको सुरुदेखिनै सामान्य मतभेद रहेको गजुरेलले स्वीकार गरेका छन् । सकेसम्म मिलेर अगाडि बढ्न खोजे पनि जिवन्त बनाउन नसकेकोले नै छुट्टिने निर्णय भएको हो । मनोज गजुरेलको विवाह २०५३ सालमा भएको थियो ।

आफ्नोबारे सञ्चार माध्याम र सामाजिक संजालमा टिका–टिप्पणी हुन् थालेपछि उनले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । मनोज गजुरलले फेसबुकमा सार्वजनिक गरेको धारणा यस्तो छ ।

 

प्रतिक्रिया दिनुहोस्