Logo

एउटा चिर्कटो निर्वाचन आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन : प्रधानमन्त्री ओली



Spread the love

१७ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी समेत गरेका छन् ।

शुक्रबारको भर्चुअल कार्यक्रममा ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने समेत उल्लेख गरेका छन् ।

कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, हामी वैधानिकताको दर्खास्त हाल्न कहीँ गएका छैनौँ।’

उनले प्रचण्ड–नेपालहरु सडकमा छातीका कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुग्दा आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्