Logo

अब कुनै पनि हालतमा लोडसेडिङ हुँदैन : प्राधिकरण



Spread the love

१६ पुस, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले देशमा कुनै पनि हालतको लोडसेडिङ नहुने जनाएको छ । बिहीबार प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै अब लोडसेडिङ नहुने जानकारी दिएको हो ।

बिना जानकारी बत्ति जाने समस्यामा मानिसहरू पुनः लोडसेडिङ हुने को की भन्दै डराइरहेका छन् । तर, प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ ।

नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेकाले अब लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्