Logo

कुलमानले होइन केपी ओलीले लोडसेडिङको अन्त्य गरेका हुन् : मुख्यमन्त्री पोखरेल



Spread the love

१६ पुस,प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशमा लोडसेडिङ अन्त्य गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो भुमिका रहेको बताएका छन् ।

बिहीबार ओली समूहको प्युठानमा भएको भेलालाई सम्बोधन गर्दै पोखरेलले कुलमान घिसिङले नभइ ओलीले लोडसेडिङ अन्त्य गरेको बताएका हुन् ।

लोडसेडिङ अन्त्यको मजबुद आधार प्रधानमन्त्री ओलीले भारतसँग गरेको ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता भएको उनको दाबी छ । ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’ कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्