Logo

प्रहरीका ९ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (नामसहित)



Spread the love

१४ पुस, काठमाडाैँ । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्