Logo

आइफोन चार्जमा राखेर बाहिर निस्किँदा घरमा आगलागी



Spread the love

१२ पुस, काठमाडाैँ । आइफोन चार्जमा राखेर बाहिर निस्किएको अवस्थामा काठमाडाैँको एक घरमा आगलागी भएको छ । काठमाडाैँको नागार्जुन नगरपालिकाको एक घरमा शनिबार आगलागी भएको हो ।

घटनाको प्रारम्भिक विवरण अनुसार आइफोन चार्जमा राखेर बाहिर निस्किएको अवस्थामा सोही स्थानबाट आगलागी भएको देखिएको छ ।

सानो आगोमा पानी छर्केर निभाउने प्रयास गर्दा झन बढ्दै गएपछि आगो झन फैलिएको थियो । पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिइयो ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्