Logo

भलिबल प्रशिक्षक रिमालको निधन



Spread the love

११ पुस, काठमाडाैँ । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको मृत्यु भएको छ ।

नशासम्बन्धि समस्याले ग्रस्त रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । टाउकोमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्ने तयारी रहेको थियो । ५६ वर्षीय रिमाल नेपालका उत्कृष्ट प्रशिक्षकमध्य रहेका थिए । विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोलीको समेत प्रशिक्षक रहेका रिमाल पछिल्लो समय सानका निर्देशकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्