Logo

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर



Spread the love

१० पुस, काठमाडाैँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गरेका छन् ।

काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लागेका हुन् । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर्नुभएकामा सराहना गरे ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँच निर्णायक आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्