१० पुस, काठमाडाैँ । मन्त्रीपरिषद् विस्तार भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसअघि ७ जना मन्त्रीहरूले सामुहिक राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा ५ जना मन्त्रीहरू नियुक्त भएका छन् ।
शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, दावा लामा, गौरिशंकर चौधरीले मन्त्रालयमा नियुक्ति पाएका छन् ।
प्रभु साह, मणि थापा र टोपबहादुर रायमाझी पूर्व माओवादी समूहका हुन् । उनीहरु नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर ओली समूहमा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्