Logo

कोरोना भाइरसको अर्को नयाँ रूप फेला, विज्ञहरू चिन्तित



Spread the love

१० पुस, एजेन्सी । कोरोना भाइरसको अर्को रूप पनि फेला परेको छ । अफ्रिकी मूलुक नाइजेरियामा कोरोना भाइरसको अर्को रूप फेला परेको त्यहाँ रोग नियन्त्रण शाखाले जानकारी दिएको छ ।

नाइजेरियाको स्वास्थ्य संस्थाले कोरोना भाइरसको नयाँ प्रकारले महामारी नियन्त्रणमा थप चुनाैति थपेको बताएको छ । नाइजेरियामा भेटिएको नयाँ कोरोना भाइरस बेलायतमा भेटिएको भन्दा पनि भिन्न भएको बताइएको छ ।

बेलायत लगायत युरोपका केही देशहरूमा पछिल्लो हप्तादेखि कोरोना भाइरसको नयाँ रूप देखिएसँगै हाइ-अलर्ट सुरू भएको छ ।

कोरोना भाइरसको नयाँ प्रजाति देखिएसँगै दक्षिण अफ्रिका आइसोलेशनको तयारी गरिरहेको छ । अफ्रिकी रोग नियन्त्रण विभागका प्रमुख जोन केन्गासंगले बेलायतमा भेटिएको भन्दा यो भाइरस फरक प्रकृतिको भएको उल्लेख गरेका छन् ।

उनले नयाँ प्रकृतिको भाइरसबारे जान्न केही समय आवश्यक पर्ने उल्लेख गर्दै भनेका छन्, ‘हामीलाइ केही समय दिनुहोस्, अहिले सुरूवाती चरण मै छाैँ ।’

प्रतिक्रिया दिनुहोस्