७ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै पार्टीको आधिकारिक प्रवक्ता भएको बताएका छन् ।
उनले मंगलबार साँझ पत्रकारहरूसँग बोल्दै आफू कुनै व्यक्ति वा समूहको नभइ पार्टीको आधिकारिक प्रवक्ता भएको बताएका हुन् ।
‘म कुनै व्यक्ति र कुनै समूहको प्रवक्ता होइन, म नेकपाको प्रवक्ता हुँ’, प्रचण्ड माधव नेपाल समूहको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुलाई श्रेष्ठले भने, ‘मलाई पार्टीले अझ उत्साहपूर्वक आफ्नो कार्य गर्न निर्देशित गरेको छ ।’
मंगलबार नै ओली समूहको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवालीलाई बनाउने निर्णय गरेको थियो ।
त्यस्तै, प्रचण्ड-नेपाल समूहले पार्टीको अध्यक्षबाट ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
थप समाचारहरू…
प्रतिक्रिया दिनुहोस्