Logo

ओलीलाई अध्यक्षबाट किन हटाइयो ?, प्रचण्डले खुलाए कारण



Spread the love

७ पुस, काठमाडाैँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई कारबाही स्वरूप अध्यक्षबाट हटाइएको बताएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताएका हुन् ।

‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्