Logo

नेकपाको अध्यक्षबाट ओली बर्खास्त, माधव कुमार नेपाल अध्यक्ष चयन



Spread the love

पुस, काठमाडाैँ । माधव कुमार नेपाल नेेकपाको नयाँ अध्यक्ष बनेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका हुन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले नेकपाका नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

त्यस्तै, बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् । ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्